Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

मैवाखोलाले बगाएर बेपत्ता भनिएको दुई जना पौडिएर सकुशल सम्पर्कमा

मैवाखोलाले बगाएर बेपत्ता भनिएको दुई जना पौडिएर सकुशल सम्पर्कमा


  • 1.3K
    Shares

    मैवाखोलाले बगाएर बेपत्ता भनिएको दुई जना  पौडिएर सकुशल सम्पर्कमा
    images

    काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका जोड्ने मैवाखोलाको पुलबाट आज (सोमबार) बिहान ट्याक्टरसँगै खोलामा खस्दा केही समय बेपत्ता भएका चालक र सहचालक दुवै बाँच्न सफल भएका छन्। 

    प्रहरीका अनुसार ताप्लेजुङकै हाङ्पाङ्बाट काठको गोलिया लिएर अरुण भेनियरतर्फ जाँदै गरेको प्र १–०२–००३ त ३०४८ नम्बरको ट्र्याक्टर आज बिहान २:४० बजे मैवाखोलाको पुलबाट खस्दा खोलाले बगाएको थियो।

    त्यस क्रममा ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ का १९ वर्षीय समीर बराइली र सहचालक अनिल नाल्बो बेपत्ता भएका थिए।

    तर केही समयपछि चालक बराइली सकुशल अवस्थामा आफैँ इलाका प्रहरी कार्यालय (दोभान) को सम्पर्कमा आएको प्रहरी नायब निरीक्षक शिवकुमार मण्डलले जानकारी दिए। साथै उनले अनिल नाल्बो पनि आफूसँगै बाढीबाट पौडिएर निस्किसकेको जानकारी गराएका छन्। 

    यद्यपि उनी प्रहरीको सम्पर्कमा भने आइसकेका छैनन्।

    चालक बराइलीले प्रहरीसँग भनेका छन्, ‘ट्याक्टर पल्टिएर खोलामा पुगेपछि दुवै जना पौडिएर बाहिर निस्किएका थियौँ, अर्को साथी मेरो फोन लिएर घरतिर आफन्तको घर जान्छु भनेर गएको छ।’

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कमल बजगाईँका अनुसार मेरिङ्देन गाउँपालिका ३ दोभानबजारनजिकै पुलबाट १५ मिटर तल खसेको ट्याक्टर करिब २० मिटर तल खोलाको बिचमा अड्किएको थियो। 

    त्यही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका-६ नाल्बोका १४ वर्षीय समीर नाल्बो भने ओरालोमा अप्ठ्यारो बाटो भएका कारण पहिले झरेका थिए। लगत्तै ट्याक्टर पुलबाट खसेपछि उनैले बिहान बिहान ४:२० बजे इलाका प्रहरी कार्यालय दोभान पुगेर घटनाबारे जानकारी गराएका थिए। 

    त्यसपछि प्रहरी नायब निरीक्षक मण्डलको कमान्डमा गएको ४ प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवको नेतृत्वमा १० प्रहरी खोजीमा जुटेका थिए। 

    प्रहरीका अनुसार रातिको समय थियो। खोलाले किनारमा माटो कटान गरेका कारण आवतजावत गर्न सजिलो थिएन। उनीहरू सवार ट्याक्टर त्यही सडक भएर आउँदै गर्दा पुलबाट खसेर खोलामा पुग्यो। तर ट्याक्टरमा रहेका दुवै जना उछिट्टिए। ट्याक्टरलाई खोलाको तीव्र बहाबले करिब २० मिटर तल बगायो भने उनीहरू त्यही बिचमा पौडिएर खोलाको किनारमा निस्कन सफल भएको चालक बराइलीले बताएका छन्।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १३:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij