Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

काठमाडौंमा १६१ शव आउँदा २३ मात्र पहिचान, व्यवस्थापनका लागि पोष्टमार्टम हुँदै

काठमाडौंमा १६१ शव आउँदा २३ मात्र पहिचान, व्यवस्थापनका लागि पोष्टमार्टम हुँदै


  • 1.2K
    Shares

    काठमाडौंमा १६१ शव आउँदा २३ मात्र पहिचान, व्यवस्थापनका लागि पोष्टमार्टम हुँदै
    images

    काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोट जिल्लाबाट संकलित १ सय ६१ शव काठमाडौं आइपुगेको छ । तर, शव दावी गर्न आएकामध्ये २३ वटा शवमात्र पहिचान भई आफन्तले लगेका छन् ।

    पहिचान हुन नसकेका शवहरुको ‘व्यवस्थापन संरक्षण’ गर्ने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । त्यसका लागि पोष्टमार्टम र डीएनए स्याम्पल तयार पार्ने काम आइतबारदेखि नै थालिएको थियो । आज विहान १० बजेसम्ममा ५० वटा शव व्यवस्थापनका लागि तयार भएको छ । बाँकी शवहरु पनि दिनभरिमा पोष्टमार्टम गरी डीएनए स्याम्पल राखेपछि व्यवस्थापन गरिने एसपी थापाले बताए ।

    काठमाडौँ ल्याइएका शवहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका छन् । त्यहाँ शव दावी गर्न आउनेको घुइँचो छ । दावीकर्तालाई शव हेर्न दिने र आफन्तको हो भन्ने प्रमाणित भएपछि जिम्मा दिने काम पनि सँगसँगै भइरहेको थापाले बताए ।

    यसअघि काठमाडौं ल्याइएका ८५ वटा शवलाई आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन संरक्षण गरिएको थियो । भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा ती शवलाई सुरक्षित तवरले व्यवस्थापन गरिएको थियो । शवहरुको डीएनए स्याम्पल भएका कारण कसैले तीमध्ये शव आफन्त भनी दावी गरेमा आफन्त दावी गर्नेको पनि डीएनए स्याम्पल लिइन्छ ।

    दुबैको स्याम्पल म्याच भएमा शव उत्खनन गरेर दिने व्यवस्था रहेको एसपी थापाले बताए । व्यवस्थापन गरिएका शवहरु नगल्ने गरी राखिएको उनले बताए । थप शव पनि सोही वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - ११:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij