Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बाढीमा १ हजार ३ सय ४२ को शव फेला, ९८ जनाको सनाखत

बाढीमा १ हजार ३ सय ४२ को शव फेला, ९८ जनाको सनाखत


  • 1.2K
    Shares

    बाढीमा १ हजार ३ सय ४२ को शव फेला, ९८ जनाको सनाखत
    images

    काठमाडौं । भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको छ ।

    उनीहरूको शव परिवारलाई हस्तान्तरण समेत भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् । '' ९८  वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको  डीएनए परीक्षणको कार्य समेत भइरहेको छ,'' उनले भनिन् । प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ । 

    हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोज जारी राखेका छन् ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - २०:३०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij