२०८३ आश्विन २९ गते बिहिवार
१. विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यकः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र यसले पु¥याएको क्षतिबारे गम्भीर समीक्षा र बहस हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले वर्तमान अवस्थामा उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र त्यसपछि घटनाका कमजोरीहरूबारे निष्पक्ष छलफल हुनुपर्ने बताउनु भयो ।
२. क विपद् व्यवस्थापन र पुनस्र्थापनामा सरकार गम्भीर बनोस्ः सांसद आचार्य
नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवामा आएको भोटेकोशी बाढीबाट सिर्जित सङ्कट समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । आईवबार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सांसद आचार्यले रसुवाको वर्तमान अवस्था, उद्धारमा देखिएका चुनौती र दीर्घकालीन समाधानका उपायबारे ध्यानाकर्षण गराउनुभएको हो ।
३. विपद् अपडेटः रसुवा बाढीमा परी हालसम्म १,३४१ जनाको मृत्यु, झन्डै ५ हजार बेपत्ता
भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।
४. भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह
नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनस्र्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराउनुभएको हो ।
५. बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा आफ्नो पछिल्लो स्थलगत भ्रमणको अनुभव र वस्तुस्थिति प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
६. बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो आफ्नो सचिवालयको भर नपर्नुस्
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रश्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिनुभएको हो ।
७. बाढी र हिमपहिरो प्रभावितप्रति उपत्यकावासीको ऐक्यवद्धता, राहत र पुनर्निर्माणमा राज्यको ध्यानाकर्षण
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पु¥याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका छन् । नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पु¥याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका हुन् ।
८. बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुईदर्जन बढी सामाजिक संस्था सक्रिय
अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनस्र्थापनाका कार्यहरू तिब्र बनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सँगको आपत्कालीन छलफलपछि महासंघ अन्र्तगतका संस्थाहरु प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय भएका हुन् । अहिले महासंघभित्र आवद्ध ३० वटा संस्थाहरु विभिन्न मानविय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआईएन) का अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय (सेल्टर), कम्बल, हाइजिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको छ ।
९.पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तिब्रता दिइएको छ । गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो । सडक विभागकाअनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीद्वारा भइरहेको छ । नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ । मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ । देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ । सडक मर्मत सम्पन्न भई यातायात पुनः शुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ ।
१०. पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारी साधनको चाप बढ्यो
धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् । मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ । राजमार्गका विभिन्न स्थानमा सडक बगाएका कारण मर्मत र पुनःसञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो । –न्युज एजेन्सी नेपाल
११. पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पु¥याउँदै धादिङका किसान
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन् । वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन् । भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो ।
१२. नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला क्षेत्रमा भएको कटानको स्थलगत निरीक्षण
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण लामिछाने नेतृत्वको प्राविधिक टोलीले नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गत भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानमा सडक कटान भएपछि सोको वस्तुस्थितिको अध्ययन गर्न टोलीले उक्त क्षेत्रको भ्रमण गरेको हो । निरीक्षणका क्रममा बाढीले पु¥याएको क्षति र सडकको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिइएको छ । सडक डिभिजन प्रमुख लामिछाने सहितको टोलीले तुइन खोला क्षेत्रमा सडकको सुरक्षा अवस्था र कटान नियन्त्रणका लागि आवश्यक भावी योजनाका विषयमा समेत प्राविधिक अध्ययन गरेको जनाइएको छ । बाढीले सडक कटान गरेपछि सो क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको भन्दै प्राविधिक टोलीले स्थलगत अनुगमन गरी मर्मत र सुधारका कार्य अघि बढाउने लक्ष्य राखेको छ ।
१३. जलवायु न्याय र वैज्ञानिक अनुसन्धानमा नीतिगत झमेला मुख्य वाधकः सांसद डा. रेग्मी
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपालमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्न विद्यमान नीतिगत झमेला र लगानीको अभाव मुख्य चुनौती रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘विपद् उत्थानशील र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रेग्मीले जलवायु न्यायको बहस गर्दा औद्योगिक राष्ट्रहरूको ऐतिहासिक भुमिकालाई बिर्सन नहुने उल्लेख गर्नुभयो । उहाँकाअनुसार करिव २५० वर्षअघि शुरु भएको औद्योगिकीकरणका कारण विश्वको वायुमण्डल तताउन विकसित मुलुकहरूको ठूलो भुमिका रहेको छ । नेपालको कार्बन उत्सर्जनको हिस्सा ०.०१ प्रतिशत भन्दा पनि न्युन रहेको उल्लेख गर्दै उहाँले विश्वव्यापी मञ्चमा नेपालले आफ्नो पक्ष दह्रोसँग राख्नुपर्नेमा जोड दिनुभयो ।
१४. चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
सविन धमला नेपालमा प्राकृतिक विपद् आउँदा अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता आउनु नौलो विषय होइन । तर विगत एक दशकको घटनाक्रमलाई सुक्ष्म रूपमा केलाउने हो भने उत्तरी छिमेकी चीनको विपद् सहयोगको ढाँचा र शैलीमा व्यापक रूपान्तरण हुँदै आएको देखिन्छ । २०१५ को विनाशकारी भूकम्पमा आकस्मिक राहत सामग्री पठाउने ‘राहतदाता’को छविबाट शुरु भएको चिनियाँ उपस्थिति अहिले दीर्घकालीन विपद् व्यवस्थापन साझेदार, प्रविधि र सूचना आदानप्रदानकर्ता हुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को प्रत्यक्ष ‘पार्टी–पार्टी कुटनीति’ सम्म विस्तार भएको छ ।
२. प्राविधिक तथा संस्थागत सहयोगः विपद्को पूर्वसूचना, भूकम्प मापन सञ्जाल, उपग्रह तथा जलविज्ञान तथ्यांक आदानप्रदान, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सूचना प्रणाली सुदृढीकरण र विशेषीकृत उद्धार उपकरण हस्तान्तरणमा सहयोग गरेको छ ।
३. पार्टी–पार्टी च्यानलमार्फत सहायता ः सीपीसीको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरूसँग समन्वय गरेर स्थानीय स्तरमा सिधै पुग्ने गरी वितरण गर्ने मानवीय सहायता, जीविकोपार्जन र पुनर्निर्माण अनुदान दिदै आएको छ ।
१५. कृष्णभीरको समस्या समाधानका लागि सुरुङमार्ग र वैकल्पिक पुलको अध्ययन हुँदैः महानिर्देशक डा. जैसी
सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ । विभागका महानिर्देशक डा. विजय जैसीले आईतवार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिनुभएको हो । महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको बताउनु भयो ।
१६. कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तिब्र रूपमा काम भइरहेको छ । राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ । पहिरो पन्छाउने क्रममा सडक छेउमा रहेका विद्युतीय पोलहरूलाई सुरक्षित राख्दै विशेष सावधानीका साथ कार्य अघि बढाइएको छ । विद्युतीय पूर्वाधारमा क्षति नपुगोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले शतर्कता अपनाउँदै पहिरो हटाउने कामलाई प्राथमिकता दिएको हो । संवद्ध अधिकारीहरूकाअनुसार हाल सडकको ट्रयाक खोल्ने कार्य लगभग सम्पन्न भइसकेको छ । यदि प्राकृतिक रूपमा थप पहिरो नखसेको खण्डमा केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सुचारु हुने बताइएको छ । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन र यात्रुहरू सडक खुल्ने प्रतिक्षामा रहेका छन् । –न्युज एजेन्सी नेपाल
१७. एनभिएलमा अन्नपूर्ण स्पाइकरको पहिलो जित
अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा पहिलो जित निकालेको छ । रोल...
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा अन्नपूर्ण किङ्सले काठमाडौं रेड्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै पहिलो सफलता पायो । दोस्रो खेलमा अन्नपूर्ण स्पाइकरको पहिलो जित हो । यसअघि पहिलो खेलमा अन्नपूर्ण स्पाइकरले हार व्यहोरेको थियो भने काठमाडौं रेड्सले जित निकालेको थियो । काठमाडौं रेड्सले मधेस वारियर्समाथि ३–२ को सेटमा हराउँदा अन्नपूर्ण स्पाइकरले कर्णाली शिवराजसँग हार व्यहोरेको हो । दोस्रो खेलमा भने मंगोलियन खेलाडी उरनबायरको उत्कृष्ट प्रदर्शनमा अन्नपूर्ण स्पाइकरले काठमाडौंमाथि सहज जित रचेको हो ।
१८. आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
१९. ‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी
नेपाली कांँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति टिप्पणी गर्नुभएको हो । नेता केसीले नुवाकोट, रसुवा र धादिङ लगायतका क्षेत्रमा भएको विनाशलाई ‘हिमाली सुनामी’को संज्ञा दिनुभयो । विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेकोमा गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ (अहंकारी प्रवृत्ति) हाबी भएको आरोप लगाउनु भयो ।
२०. जलवायु परिवर्तनले बढाउँदैछ हिमाली विपद् जोखिमः विज्ञ
जलवायु परिवर्तनको कारण हिमाल तथा हिमतालमा परेको असरले नेपालले रसुवा बाढीको विपद् व्यहोर्नुपरेको विज्ञहरूले बताएका छन् । नेपाल भौगर्भिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी कार्यशालामा विज्ञहरूले यस्तो बताएका हुन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तिब्र बन्दै जाँदा बाढीसँगै अन्य जोखिम पनि बढेको उनीहरुको भनाई छ ।
२१. रसुवा बाढीलाई विपद् अध्ययन र पुनर्निर्माणको ‘मोडल केस’ बनाउनुपर्छः सुशील ज्ञवाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रसुवा बाढीलाई नेपालले विपद् अध्ययन र पुनर्निर्माणको ‘मोडल केस’ बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल भौगर्भिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढीलाई जलवायु परिवर्तनजन्य विपद्को रुपमा अध्ययन गरेर यसलाई प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्रिशूली नदी क्षेत्रमा भएको विपद्लाई वैज्ञानिक अध्ययन र पुनस्र्थापनाको दृष्टिले महत्वपूर्ण ‘केस’ का रूपमा विकास गर्न सकिने बताउनु भयो ।
२२. अफगानिस्तानमा यातायात क्षेत्रको डिजिटलीकरणः अनलाइनबाटै बस टिकट बुकिङ सुविधा शुरु
अफगानिस्तानको राजधानी काबुलमा एक युवा महिला उद्यमीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अनलाइन बस टिकट बुकिङ सेवा शुरु गरेकी छन् । सदफ अफगानले सञ्चालनमा ल्याएको क्युएएसआइटीडटएएफ नामक अनलाइन प्लेटफर्मले यात्रुहरूलाई बस टर्मिनलसम्म जानुपर्ने झन्झटबाट मुक्त गर्दै घरमै बसेर टिकट बुक गर्ने सुविधा प्रदान गरेको छ । करिव एक वर्षअघि विकास गरिएको यो प्लेटफर्म पाँच महिनाअघि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । शुरुमा तीन जनाको टोलीबाट शुरु भएको यस स्टार्टअपमा हाल आठ जना कर्मचारी कार्यरत छन्, जसमा चार जना महिला रहेका छन्। यस संस्थाले अनलाइनमार्फत टिकट बुक गर्ने र ग्राहकको घरदैलोमै टिकट पु¥याउने सेवा दिँदै आएको छ ।
२३. अमेरिकी सेनाद्वारा तीन इरानी कच्चा तेल वाहक जहाजमाथि आक्रमण
अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल वाहक जहाजहरूमाथि आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) ले शनिवार सामाजिक सञ्जालमार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । सेन्टकॉमद्वारा जारी विज्ञप्तिअनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले क्षेत्रीय जलक्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुईवटा युद्धपोतमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले यो कदम चालेको हो । इरानी आक्रमणबाट कुनैपनि अमेरिकी कर्मचारी घाइते नभएको सेन्टकॉमले स्पष्ट पारेको छ ।
२४. इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण
इजरायल रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा हिजबुल्लाहका लडाकू र सैन्य पूर्वाधारहरूमा रातभर हवाई आक्रमण गरिएको जनाएको छ । आईडीएफकाअनुसार शुक्रवार साँझ दक्षिणी लेबनानको इजरायली नियन्त्रित सुरक्षा क्षेत्रमा हिजबुल्लाहले इजरायली सेनालाई लक्षित गरी ड्रोन प्रहार गरेपछि उक्त जवाफी कारबाही गरिएको हो । सो ड्रोन आक्रमणमा कुनै पनि इजरायली सैनिक घाइते नभएको सेनाले उल्लेख गरेको छ ।
२५. इरानको आणविक केन्द्रमा सैन्य आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी, द्वन्द्वलाई भने ‘सामान्य’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ स्थित सुदृढ आणविक स्थलमा अमेरिकी सेनाले छिट्टै आक्रमण गर्न सक्ने चेतावनी दिनसभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वर्तमान तनावलाई सामान्य भन्दै यसलाई कम महत्व दिने प्रयास समेत गर्नुभयो । नतान्ज प्रशोधन केन्द्र नजिकै रहेको उक्त भूमिगत स्थलमा इरानले उच्च संवर्धित युरेनियमको भण्डार सारेको वासिङ्टनको दाबी छ । ‘हामी पिक्याक्समा चाँडै आक्रमण गर्न सक्छौँ ।’ ट्रम्पले भन्नुभयो, ‘त्यहाँ भइरहेका हरेक गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौँ। यदि केही तलमाथि भएमा हामी कडा प्रहार गर्नेछौँ ।’
२६. कङ्गोद्वारा इबोला नियन्त्रणका लागि १८० दिने विशेष कार्ययोजना सार्वजनिक, १.३ अर्ब अमेरिकी डलर सहयोगको अपिल
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) ले देशमा तिब्र रूपमा फैलिरहेको इबोला महामारी नियन्त्रण गर्न १८० दिने नयाँ ‘बहुक्षेत्रीय प्रतिकार्य योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस परिमार्जित योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको बजेट आवश्यक पर्ने जनाइएको छ ।
२७. दक्षिण लेबनानमा इजरायली आक्रमणमा दुई जनाको मृत्यु
दक्षिण लेबनानको नबातिह शहरमा दिउँसो भएको इजरायली ड्रोन आक्रमणमा परी दुई युवाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार मोटरसाइकलमा सवार ती युवाहरूलाई लक्ष्य गरी इजरायली ड्रोनले प्रहार गरेको थियो । आक्रमणपछि घटनास्थल पुगेका एम्बुलेन्स टोलीले मृतकहरूको शवलाई स्थानीय अस्पताल पु¥याएका थिए भने अग्निनियन्त्रकहरूले आगलागी भएको मोटरसाइकलको आगो नियन्त्रणमा लिएका थिए । यसैबीच, इजरायली सेनाले दक्षिण लेबनानकै बाराचित र बेत याहुन सहरको मध्यवर्ती क्षेत्र तथा मन्सौरी शहरमा विष्फोट गराएको एनएनएले जनाएको छ । यसका साथै इजरायली पक्षबाट बानी हयान सहरमा तोपबारी समेत गरिएको छ ।
२८. पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता
पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि जारी मुसलधारे वर्षाले यो पहिरो निम्त्याएको हो । पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।
२९. गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास
सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ ।आईतवार एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘जेन–जी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को संयुक्त रुपमा शिलान्याश गर्नुभएको हो ।
३०. न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी
संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताउनुभएको छ ।आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । न्यायपालिकाको सुधारको लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने उहाँको भनाइ छ ।
३१. मुलुकको शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्छः वरिष्ठ अधिवक्ता ज्ञवाली
संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गठन गरेको संविधान संशोधन कार्यदलमा प्राप्त सुझावका आधारमा संविधान कार्यान्वयनको समीक्षा गरि पुनरावलोकन गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको बहसलाई केवल केही धारामा सामान्य हेरफेर गर्ने विषयका रूपमा सीमित गर्न नहुने समेत बताउनु भयो ।
३२. संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार
नेपाली काँग्रेसका नेता जीवन परियारले संविधान पूर्णरूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान जारी भएको लामो समय बितिसक्दा समेत संविधानले दिएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन तथा कानून समेत बन्न नसकेको उहाँको भनाइ छ । उहाँले संविधानमै संविधान निर्माण भएको तीन वर्षभित्र बन्नुपर्ने भनिएका कानून हालसम्म निर्माण हुन नसकेको बताउनु भयो ।
३३. संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन सकेन, पैसा हुनेले मात्र निर्वाचन लड्ने अवस्था आयोः अन्सारी
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अभियन्ता मोहना अन्सारी वर्तमान सरकार र संसदमा मुलुकको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन नसकेको टिप्पणी गर्नुभएको छ । रोल...
आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मुलुककै इतिहासमा पहिलोपटक मधेसी मूलका व्यक्ति प्रधानमन्त्री बनेको विषय सकारात्मक भएपनि सरकार समावेशी हुन नसकेको टिप्पणी गर्नुभयो ।
३४. रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला
रसुवाको भोटेककोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij