२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी एआइ निर्मित कृत्रिम फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा ओलीले राम्रो स्वागत पाएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको फोटो सञ्जालमा व्यापक पारिएको हो । उक्त फोटो एआइको सहायतामा बनाइएको तथ्य जाँचबाट खुलेको छ ।
ओली केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि धादिङ र नुवाकोटका विभिन्न स्थानमा पुगेका थिए । त्यसक्रममा उनले बाढी पीडितको उद्धार तथा राहतका लागि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij