Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

डेढ वर्षीय बालक चारदिनदेखि आँगनबाटै बेपत्ता, खोजीमा प्रहरीको टोली परिचालन

डेढ वर्षीय बालक चारदिनदेखि आँगनबाटै बेपत्ता, खोजीमा प्रहरीको टोली परिचालन


  • 2.1K
    Shares

    डेढ वर्षीय बालक चारदिनदेखि आँगनबाटै बेपत्ता, खोजीमा प्रहरीको टोली परिचालन
    images

    काठमाडौं । धनुषाको विदेह नगरपालिका–६ तिनकोरिया हाटबजारबाट डेढ वर्षीय बालक चार दिनदेखि हराइरहेका छिन् । स्थानीय कमलेश महतोका छोरा अन्दाजी १ वर्ष ६ महिनाका सिधान्स महतो बुधबार दिउँसो आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनी भदौ १८ गते करिब ४ः४० बजेदेखि सम्पर्कविहीन छन् ।

    बालकका बुवा सोही स्थानमा फलफूलको पसल सञ्चालन गर्दै आएका छन् । पानी परिरहेको समयमा घरको आँगनबाटै बालक हराएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले  बताए ।

    उनका अनुसार बालकको खोजीका लागि धनुषा प्रहरीले सम्भावित सबै स्थानमा खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्का स्वयं पनि बालकको खोजीमा घटनास्थल तथा आसपासका क्षेत्रमा पुगेर निगरानी गरिरहेका छन् ।

    बालकको खोजीका लागि प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा विशेष टोली २४ घण्टा परिचालन गरिएको डीएसपी खनालले जानकारी दिए । प्रहरीले बालक हराएको स्थान आसपासका क्षेत्र, सडक तथा सम्भावित स्थानमा खोजी गरिरहेको छ ।

    प्रहरीले बालकको अवस्थाबारे कुनै सूचना प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषामा खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - ११:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij