Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ


  • 953
    Shares

    वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ
    images

    काठमाडौं । पर्साको वीरगन्जमा सञ्चालित क्यासिनो गोल्डन फिंगर गेमिङ जोनबाट प्रहरीले गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इन्स्पेक्टर प्रदिप पौडेल रहेका छन् ।

    वीरगन्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित क्यासिनोबाट उनीहरुलाई पक्राउ गरिएको पर्साका एसपी पवन भट्टराईले बताएका छन् । इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् ।

    उनी आफ्नो कार्यालयको क्षेत्र छाडेर वीरगन्जमा जुवा खेल्न आएको भेटिएको छ । क्लार्क होटल परिसरमा सञ्चालित सो क्यासिनोबाट अरू ६ जना नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १०:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij