Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

उद्धार गरिएकी ६४ वर्षीया श्रेष्ठलाई सैनिक अस्पताल छाउनीमा भर्ना गरियाे

उद्धार गरिएकी ६४ वर्षीया श्रेष्ठलाई सैनिक अस्पताल छाउनीमा भर्ना गरियाे


  • 1.0K
    Shares

    उद्धार गरिएकी  ६४ वर्षीया श्रेष्ठलाई  सैनिक अस्पताल छाउनीमा भर्ना गरियाे
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ । 

     जीवितै उद्धार गरिएकी श्रेष्ठलाई उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको हो । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको थियो । 

    उद्धारका क्रममा श्रेष्ठ अर्धअचेत अवस्थामा भेटिएकी थिइन् । उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेपछि  थप उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १५:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij