२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।
यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो। २१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij