Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

एयर इन्डियाका पाइलटले लागुऔषध खाएको पुष्टि भएपछि...

एयर इन्डियाका पाइलटले लागुऔषध खाएको पुष्टि भएपछि...


  • 680
    Shares

    एयर इन्डियाका पाइलटले लागुऔषध खाएको पुष्टि भएपछि...
    images

    लागुऔषध परीक्षण (ड्रग टेस्ट) गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि एयर इन्डियाले फुकेट-दिल्ली उडानका पाइलट-इन-कमान्डलाई बर्खास्त गरेको छ। 

    समाचार एजेन्सी पीटीआईका अनुसार थाइल्यान्डको फुकेटबाट आउने क्रममा भएको घटनाबारे विमान दुर्घटना अनुसन्धान ब्युरोले आफ्नो प्रारम्भिक रिपोर्ट जारी गरेको केही घण्टापछि एयर इन्डियाले पाइलट हटाइएको घोषणा गरेको हो।

    रिपोर्टमा पाइलटले लागुऔषध प्रयोग गरेको विषयलाई गम्भीर चिन्ताका रूपमा लिँदै नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालयलाई उचित कारबाही गर्न आग्रह गरिएको थियो।

    एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ, ‘फुकेट-दिल्ली उडानका पाइलट-इन-कमान्डमा लागुऔषध परीक्षण पोजिटिभ देखियो। सुरक्षा र स्वास्थ्यको नियम उल्लंघन गरेबापत एयर इन्डियाको शून्य-सहनशीलता नीतिअनुसार पाइलटलाई तत्काल लागु हुने गरी बर्खास्त गरिएको छ।’

    एक महिना अघि अगस्ट ४ मा फुकेटबाट दिल्ली उडिरहेको एयर इन्डिया एयरबस ए३२० विमानको उडाइ अचानक लगभग ९१ मिटर (३०० फिट) तल भएको थियो। 

    जसका कारण १३ यात्रु र चार चालक दलका सदस्य घाइते भएका थिए। यद्यपि १३७ यात्रु र चालक दलका ८ सदस्य सवार विमान दिल्लीमा सुरक्षित अवतरण भएको थियो। 

    घटना अनुसन्धान गर्दा पाइलटले लागुऔषध खाएको पत्ता लागेपछि उनलाई सेवाबाट हटाइएको हो। 

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १२:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij