Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

२९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग

२९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग


  • 995
    Shares

    २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग
    images

    काठमाडौं । भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन्, भने केही मुलुकले आर्थिकसहित माननीय सहायता सामग्री पठाएका छन् ।

    परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स ९यूएई०, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र छन् ।

    त्यस्तै त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरेका छन् । उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।

    बाढीमा परेर मृत्यु भएकाका शव पहिचानका लागि चार देशका फरेन्सिक टोली पनि नेपालमा खटिएका छन् । मृतकको शवबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल आएको परराष्ट्र मन्त्रालय जनाएको छ ।

    उनीहरूले नेपाल प्रहरी तथा सम्बन्धित अन्य निकायसँग सहकार्य गर्दै मृतकका अवशेषको डीएनए परीक्षण तथा पहिचान कार्यलाई तीव्रता दिइरहेका छन् ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १८:०१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij