Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिशूली–३ ए मा उद्धार जारी

त्रिशूली–३ ए मा उद्धार जारी


  • 785
    Shares

    त्रिशूली–३ ए मा उद्धार जारी
    images

    काठमाडौं । दुई जनाको जीवित उद्धार गरेको ठाउँ त्रिशूली–३ ए जलविद्युत आयोजनामा सेनाले उद्धार जारी राखेको छ । शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो ।

    नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबिर महर्जनलाई १० औँ दिनमा जीवित उद्धार गरेका हुन् ।

    दुई जनाको उद्धारपछि पनि सो क्षेत्रमा उद्धार जारी राखिएको छ । त्रिशूली–३ ए मा उद्धार कन्टिन्यु रहेको नुवाकोटमा बसेर उद्धार समन्वय गरिरहेका सेनाका एक जना उच्च अधिकृतले बताए ।

    उनले भने–‘उद्धार कार्य जारी छ, हाम्रा उद्धारकर्मी बिहान जीवित भेटिएको स्थानभन्दा अगाडी पसेर त्यहाँ फसेकाहरूलाई खोज्ने प्रयास गरिरहेका छन् ।’ 

    त्रिशूली–३ ए आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सञ्चालित छ । आयोजनाको ड्याम रसुवाको भूभागमा पर्छ ।

     

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १२:५४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij