Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका साहको अवस्था सामान्य, महर्जनको जटिल

त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका साहको अवस्था सामान्य, महर्जनको जटिल


  • 1.2K
    Shares

    त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका साहको अवस्था सामान्य, महर्जनको जटिल
    images

    काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ । 

    जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ । 

    यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।  

    नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी,  सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बाढी गएको १० दिनपछि दुवै जनालाई उद्धार गरिएको हो । 

    आयोजनाभित्र मानिसहरू फसेको आशङ्कापछि बाढी गए लगत्तै लगातार उद्धारको प्रयास गरिए पनि लामो समय लागेको थियो ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - ११:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij