२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा शिक्षकको गोली हानी हत्या गरिएको छ ।
स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षकको गए राती भरुवा बन्दुकले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
१ गोली लागेर घाइते भएका ३६ वर्षीय नरकुविर खम्बु राईको घटना स्थलमै मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
राईलाई गए राति ७ बजे नजिकैबाट गोली हानिएको थियो । हत्या भएको हो । शिक्षक राईको देब्रे कोखमा गोली लागेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij