Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

संसद् बैठकमा लडेका सांसद खड्कालाई वीर अस्पताल लगियो

संसद् बैठकमा लडेका सांसद खड्कालाई वीर अस्पताल लगियो


  • 1.1K
    Shares

    संसद् बैठकमा लडेका सांसद खड्कालाई वीर अस्पताल लगियो
    images

    काठमाडौं । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढलेका सांसद भरत खड्कालाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ।

    बिहीबारको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै कुर्सीबाट अचानक ढलेका थिए। त्यसपछि संसद् सचिवालयको स्वास्थ्य इकाइमा सामान्य उपचार गरिएको थियो।

    स्वास्थ्य इकाइमा उपचारपछि खड्कालाई एम्बुलेन्समार्फत थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    खड्काको ब्लड प्रेसर उच्च रहेको र प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा ग्लुकोजको मात्रा पनि बढी देखिएको बताइएको छ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १५:०२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij