२०८३ आश्विन २९ गते बिहिवार
बिहीवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी उनले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र जनस्तरमा व्याप्त आक्रोशका बारेमा जानकारी गराएका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा ठूलो असन्तुष्टि देखिएको बताएका छन् । घिसिङले अवरुद्ध सडक सञ्जाललाई सुचारु गर्न विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
सडक कनेक्टिभिटीमा ढिलाइ गर्न नहुने भन्दै उनले यसबारे सरकारलाई स्पष्ट सुझाव दिएको जानकारी दिनुभयो । होल्डिङ सेन्टरहरूमा आश्रित बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको अवस्थाबारे पनि छलफल भएको छ । ती केन्द्रहरूमा स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने विषयलाई गम्भीरताका साथ उठाइएको उनले बताएका छन् । भेटका क्रममा प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको घिसिङको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij