Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भोटेकोशी विपत्तिपछि कुलमान घिसिङका सुझाव : सुरुङ उद्धारदेखि बेलिब्रिज निर्माणसम्म

भोटेकोशी विपत्तिपछि कुलमान घिसिङका सुझाव : सुरुङ उद्धारदेखि बेलिब्रिज निर्माणसम्म


  • 862
    Shares

    भोटेकोशी विपत्तिपछि कुलमान घिसिङका सुझाव : सुरुङ उद्धारदेखि बेलिब्रिज निर्माणसम्म
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गरेका छन् । 

    बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी  विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिएका हुन् । भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उनले आग्रह गरेका छन्। 

    सडक सञ्जालको पुनःस्थापनाका विषयमा छलफल गर्दै उनले स्याफ्रुबेँसी लगायतका क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानहरूमा बेलिब्रिज निर्माण गर्न सुझाव दिएका छन् । यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् ।
     
    अध्यक्ष घिसिङले भने, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरणहरूको आवश्यकता छ । भौगोलिक विकटताका कारण उपकरण पु¥याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिव २३५ मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । निजी क्षेत्रका प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’

    भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत आयोजनाहरूको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट ९नदी किनारा व्यवस्थापन) मा ध्यान दिनुपर्ने विषयमा पनि चर्चा भएको छ । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक र अन्य संरचना निर्माण गर्न सुझाव दिएका छन् । जवाफमा प्रधानमन्त्रीले घिसिङद्वारा प्रश्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह बमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिएका छन् ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १३:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij