Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल

पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल


  • 1.4K
    Shares

    पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिएका छन् ।बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले प्रारम्भिक चरणमा ५० अर्व रुपैयाँ भन्दा बढीको क्षतिक मूल्याङ्कन गरेको जानकारी दिएका हुन् । 

    उनले क्षेत्रगत रुपमा सबै व्यवसायीहरुलाई क्षतिको विवरण संकलन गरि प्रतिवेदन पेश गर्न पनि आग्रह गरिसकेको जानकारी दिएका छन् । बाढीका कारण ठूलो मानवीयसंगै भौतिक क्षति नेपालले व्यहोर्नुपरेको उनले बताएका छन् । बाढीले १ सय ४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट, १ सय ४१ वटा पर्यटन व्यवसायसँग सम्बन्धित सवारी साधन, २७ वटा सम्पदा बगाएको उनले जानकारी दिएका छन् । 

    मन्दिर, मस्जिद, गुम्वा, सन्धि शिला बगाएको उहाँले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईंकुण्ड, पार्वती कुण्ड, नाचेली लगायतका क्षेत्रमा जाने प्रमुख पदमार्गमा समेत बाढीले क्षति गरेको उनले बताएका छन् । उनले नेपालले आफूले नगरेको गल्तीको दोषको भागीदार बन्नुपरेको उल्लेख गरेका छन् । उनले बाढीलगत्तै निजी क्षेत्रका हेलिकप्टरहरुको एकिकृत गरेर एकद्धार प्रणालीबाट उद्धारको काम गरिएको जानकारी दिएका छन् ।

    पछिल्लो समय भने दैनिक पाँच वटा हेलिकप्टर उडानको लागि छुट दिने गरिएको बताउनु भयो । त्यो बाहेक सरकारले मात्रै हेलिकप्टर प्रयोग गरिरहेको उनको भनाई छ । उनले प्रभावित पर्यटकहरुलाई पोखरा, चितवन, काठमाडौंका लगायतका होटल व्यवसायीहरूले निःशुल्क खान बस्न सहयोग गरेको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १४:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij