Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्दै, न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्दै, न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी


  • 1.1K
    Shares

    फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्दै, न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी
    images

    काठमाडौं । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्ने भएका छन् ।

    नेकपा एमालेले सरकारबाट बाहिरिएपछि रिक्त भएको मन्त्रालयमा देवकोटालाई जिम्मेवारी दिन लागिएको हो । देवकोटाले यसअघि पनि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका थिए ।

    देवकोटाले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए । अब न्यौपानेको जिम्मेवारी हेरफेर गर्दै उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    गण्डकी प्रदेशमा भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयलाई सबैभन्दा बढी बजेट प्राप्त हुने मन्त्रालयका रूपमा लिइन्छ ।

    यससँगै गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर हुन लागेको हो । देवकोटालाई आजै मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिएको छ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - ११:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij