Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा

अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा


  • 1.3K
    Shares

    अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा
    images

    काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ ९तिब्बत० स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तिब्र पारेका छन् । अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दुरीमा पुगेको छ ।

    गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । मर्मत कार्य भइरहेको भौगोलिक क्षेत्र निकै कठिन मानिएको छ । भिरालो पहाडी खोँचमा अवस्थित उक्त स्थानको एकातर्फ अग्लो भीर र अर्कोतर्फ प्रतिसेकेन्ड ६ देखि ७ मिटरको गतिमा बग्ने तिब्र बहावको नदी रहेको छ । 

    भौगोलिक जटिलताका कारण ठूला मेसिनरी उपकरणहरू प्रयोग गर्न पर्याप्त स्थान नभएपछि उद्धारकर्ताहरूले पालैपालो  काम गरिरहेका छन् । उनीहरूले ठूला ढुङ्गाहरूको प्रयोग गरी सडकको जग मजबुत बनाउँदै नदीको तीव्र बहावका बीच सबैभन्दा कठिन खण्डहरूमा मर्मत कार्य जारी राखेका छन् । 

    कार्यस्थलको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ । लेजरमा आधारित एआई मोनिटरिङ उपकरण, स्लोप राडार र ड्रोनमार्फत भिरालो जमिनको अवस्थालाई २४सै घण्टा निगरानी भइरहेको छ । 

    यी उपकरणहरूले जमिनमा आउने सामान्य परिवर्तनलाई पनि तत्कालै पहिचान गरी सम्भावित जोखिमबारे पूर्वजानकारी दिने गर्दछन् ।  यो व्यापारिक मार्ग पुनः सञ्चालनमा आएसँगै विपद्ग्रस्त क्षेत्रमा आवश्यक उपकरण, जनशक्ति र राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १६:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij