Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ

बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ


  • 827
    Shares

    बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् । मंगलवार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान०का पदाधिकारीहरुसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

    उनले जलवायुजन्य विपद्को सामना गर्नसक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको बताएका छन् । उनले भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने समेत बताएका छन् । 

    मन्त्री श्रेष्ठले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी त्यसअनुसार संरचना निर्माण निर्माण गर्नुपर्ने बताएका छन्  । उनले विपद्का समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको बताएका छन्  । 

    उनले विपद्को समयमा सबै पक्ष एकजुट भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनुपर्नेमा समेत जोड दिएका छन् । उनले सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विपद्का बेला राज्यको व्यवहार सबैप्रति समान रहेको दाबी गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १६:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij