Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

फेसबुकमा शव व्यवस्थापनबारे लेख्ने सहसचिव टिमुरे सरुवा, शव व्यवस्थापनकै जिम्मा दिइन् प्रतिभा रावलले

फेसबुकमा शव व्यवस्थापनबारे लेख्ने सहसचिव टिमुरे सरुवा, शव व्यवस्थापनकै जिम्मा दिइन् प्रतिभा रावलले


  • 1.5K
    Shares

    फेसबुकमा शव व्यवस्थापनबारे लेख्ने सहसचिव टिमुरे सरुवा, शव व्यवस्थापनकै जिम्मा दिइन् प्रतिभा रावलले
    images

    काठमाडौं ।  रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।

    उनलाई शव व्यवस्थापनकै जिम्मेवारी बोक्ने गरी रसुवामा सरुवा गरिएको हो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले ‘फोकटको सुझाव’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

    त्यसमा उनले सनाखत नभएका शवहरुबाट ‘डीएनए’ लिएर माटोमा पुरिएको बिषयमा आलोचना गरेका छन् । त्यसको भोलिपल्टै उनलाई बाढीग्रस्त जिल्ला रसुवामै शव व्यवस्थापन गर्ने जिम्मेवारीमा खटाइएको हो ।

    सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा दिएकी हुन् ।

    तलब–भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ ।

    साथै, उनलाई जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्न भनिएको छ । सचिव निरौलाले फेसबुकमा विपद्का बेला शव व्यवस्थापनसम्बन्धी आफ्नै अनुभव र सुझाव सेयर गरेका थिए ।

    कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीको स्मरण गर्दै उनले वर्तमान विपद्मा पनि मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने बताएका छन् ।

    उनले फेसबुक स्टाटसको सुरुमै ‘चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई फोकटको सल्लाह दिन मन लागेको’ भनेर लेखेका थिए ।

    बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले आफ्ना प्रियजनको सास वा शव खोज्दै रसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने उनको टिप्पणी छ ।

    त्‍यसैले शव व्यवस्थापनमा संवेदनशीलता अपनाउनुपर्ने भन्दै उनले लेखेका छन्, ‘आफन्तको भावनामा चोट पुग्ने गरी निर्णय गर्नु हुन्न ।’

     

    No description available.No d

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १८:४९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij