Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः डा. जैसी

धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः डा. जैसी


  • 883
    Shares

    धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः डा. जैसी
    images

    काठमाडौं । रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ । बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडकमार्ग खोजिएको सडक विभागले जनाएको हो । 

    फुर्केखोलमा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा। विजय जैसीले जानकारी दिएका छन्। उनकाअनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ । पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्केखोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताएका छन् । 

    तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भएपनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उनको भनाई छ । यद्यपी पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरुका बारेमा सडक विभागले अध्ययन गरिरहेको उनले जानकारी दिएका छन् । विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उनले बताएका छन् । 

    प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ । उनकाअनुसार उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने विकल्पमा विभागले अध्ययन गर्नेछ । पुरानै संरचनालाई प्रयोग गरेर नयाँ डेक माथि राखेर संरचना जोड्न पनि सकिने उनको भनाई छ । 

    तर त्यसो गर्न नसकिएमा नयाँ पुल पनि बनाउनुपर्ने हुन सक्ने उनको भनाई छ । स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिएका छन् ।

    उनले भने, ‘यो हाम्रो ठूलो र महत्वपूर्ण लाइफलाइन ब्रिज थियो । मित्रराष्ट्रको सहयोगमा धेरै पहिला निर्माण भएको राम्रो खालको स्टिल प्लेट गर्डर ब्रिज थियो । अस्तिको ठूलो र डिभास्टेटिङ खालको वर्षा, बाढी तथा पहिरोले यो पुल बगाएर लग्यो । यो पुल ११८ मिटर लामो थियो, पुलको एकातिरको एउटा पियरसमेत बाढीले बगाएको छ । अहिले तत्काल यातायात सञ्चालनका लागि बेली ब्रिज राख्न सकिन्छ कि भनेर हामीले हेरिरहेका छौँ । तर, पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेली ब्रिज राख्न केही कठिन हुने देखिएको छ । यद्यपि, हामी यसको ठ्याक्कै मापन गर्न एउटा प्राविधिक टोली पनि पठाउँदैछौँ । सम्भव भएमा बेली ब्रिज राखेरै तत्काल यातायात सञ्चालन गर्ने हाम्रो विचार थियो । तर, अहिले स्थलगत निरीक्षण गर्दा लामो स्पानको बेली ब्रिज यहाँ उपलब्ध हुने अवस्था देखिएन । छोटो स्पानका बेली ब्रिजलाई दुईतिरको पियरसँग जोड्दा पनि आवश्यक लम्बाइ हामीसँग भएको बेली ब्रिजभन्दा बढी हुने देखिन्छ । त्यसैले तत्काल बेलीब्रिज राख्न सकिने अवस्था देखिएको छैन । अब हामी दुईवटा विकल्पमा जान सक्छौँ । पहिलो, अहिले रहेका संरचनालाई प्रयोग गरेर त्यसमाथि नयाँ डेक राख्न सकिन्छ । त्यसलाई स्थायी प्रकृतिको संरचनाका रूपमा निर्माण गर्न सकिन्छ । दोस्रो, यही पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने हुन सक्छ । यस विषयमा हामी तत्कालै विस्तृत प्राविधिक अध्ययन गर्छौँ । त्यसपछि कति दिनमा र कुन तरिकाले यातायात सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट भन्न सक्छौँ । यो पुल बनाउनैपर्छ । त्यसका लागि आवश्यक प्राविधिक अध्ययन गरेर तुरुन्तै निर्माण प्रक्रियामा जाने विषयमा हामी चाँडै निर्णय गर्छौँ ।’

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १३:३४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij