Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

उपत्यकाका तीनै सीडीओको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?

उपत्यकाका तीनै सीडीओको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?


  • 4.2K
    Shares

    उपत्यकाका तीनै सीडीओको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?
    images

    काठमाडौं । काठमाडौं उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठक आज बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

    काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न तयारी भइरहको स्रोतले जनाएको छ ।  अबको निषेधाज्ञामा विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।

    यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने छ । 

    उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १०:२५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij