Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने

एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने


  • 267
    Shares

    एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।

    अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन् ।

    एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।

    ‘नाम पठाउनुअगाडि नेताहरुले कुनै तहको बैठक वा छलफल गर्नुहोला, त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यही गर्छौँ’, उनले भने ।

    निर्वाचन आयोगले राजनीतिक दलहरुबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको नामलाई अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने छ । राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथको तयारी हुन्छ।

    एमाले नेता आचार्यले भने, ‘हामी निर्वाचन आयोगको तालिकाभित्रै रहेर काम सम्पन्न गर्नेछौँ ।’

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १४:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij