Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

रसुवामा पुनः बाढी, सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्गहरू बन्द गरियो

रसुवामा पुनः बाढी, सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्गहरू बन्द गरियो


  • 1.6K
    Shares

    रसुवामा पुनः बाढी, सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्गहरू बन्द गरियो
    images

    ​चितवन । भोटेकोसीमा आज बिहान पुनः बाढी आएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्ग बन्द गरेको छ ।

    आज बिहान ठूलो बाढीको आवाज आएकोले बाढी-पहिरोको जोखिम तीव्र रूपमा बढेको भन्दै प्रहरीले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

    ​पहिरोका कारण देशका प्रमुख राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने र आउने सबै प्रकारका सवारी साधनहरूको आवतजावत अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रीहरू बाटोमै रोकिएका छन्।

    ​प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा स्थगित गरी आफ्नो अनि परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन विशेष अनुरोध गरेको छ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ०६:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij