Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

भोटेकोशी–त्रिशूली बाढीमा ४८९ शव फेला, ३९३ जनाको सनाखत हुन बाँकी

भोटेकोशी–त्रिशूली बाढीमा ४८९ शव फेला, ३९३ जनाको सनाखत हुन बाँकी


  • 1.7K
    Shares

    भोटेकोशी–त्रिशूली बाढीमा ४८९ शव फेला, ३९३ जनाको सनाखत हुन बाँकी
    images

    काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढीमा परी अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ ।

    फेला परेका शवमध्ये ३९३ जनाको अझै सनाखत हुन सकेको छैन । बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा भेटिएका हुन् ।

    प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र पश्चिम नवलपरासीमा शव फेला परेका छन् ।

    फेला परेका शवहरू सम्बन्धित जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ ।

    बाढीपछि नदी तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ । सुरक्षाकर्मीहरूले बेपत्ता व्यक्तिको खोजी तथा नदीले बगाएर ल्याएका शव संकलन गर्ने कामलाई निरन्तरता दिएका छन् । पछिल्लो बाढीसम्बन्धी विवरणहरूमा पनि विभिन्न नदी तटीय क्षेत्रमा शव फेला पर्ने क्रम जारी रहेको देखिन्छ । 

    dead.jpg

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १४:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij