२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न दिने व्यवस्था मिलाएको छ।
बुधबार आएको बाढीका कारण रसुवा नाका प्रभावित भएपछि विभागले यो निर्णय लिएको हो।
वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न चाहने पैठारीकर्ताले बैंकमा सम्पर्क गरी भन्सार बिन्दु परिवर्तन गराउनुपर्नेछ। भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा पैठारी गर्न चाहेको नयाँ भन्सार बिन्दु कायम गरी सोही स्थानबाट वस्तु घोषणा तथा जाँचपास गर्न सकिने व्यवस्था मिलाइएको छ।
यो व्यवस्था प्रतीतपत्र (एलसी), ड्राफ्ट, टी.टी. लगायतका भुक्तानीका माध्यमबाट वस्तु पैठारी गर्दा समेत लागू हुनेछ। यसरी भन्सार बिन्दु परिवर्तन गर्नका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij