Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन


  • 750
    Shares

    स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।

    मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत खोज, उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।

    मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको सूचनामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका काम भइरहेको जनाएको छ ।

    मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न/नगराउन निर्देशन दिएको छ ।

    त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ । अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

    अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाका दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १२:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij