Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन

जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन


  • 631
    Shares

    जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
    images

    काठमाडौं ।  सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशुली ए जलविद्युत् आयोजनामा उद्धार केन्द्रित गरिएको छ । 

    टनेल भित्र रहेका व्यक्तिको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।

     

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १२:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij