Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, तीन ठाउँको लेदो हटाउन अझै बाँकी

पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, तीन ठाउँको लेदो हटाउन अझै बाँकी


  • 1.4K
    Shares

    पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, तीन ठाउँको लेदो हटाउन अझै बाँकी
    images

    काठमाडौं । काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्बी राजमार्ग अझै अवरुद्ध छ ।

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्बी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ ।

    ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ ।

    उनका अनुसार गजुरी  गाउँपालिका-५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण समय रहेको छ । यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा लेदो पन्छाउन बाँकी रहेको उनले बताए । लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउन काम भइरहेको उनले बताए ।

    उनले भने, ‘सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू छन् ।  जसका कारण त्यहाँ जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नु परेकोले ढिलाइ भएको हो ।’

    उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए ।

    उनका अनुसार आज दिनभरिमा सडक खुलाउने गरी काम तीव्र गतिमा भइरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - ०७:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij