Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बाढी प्रभावितको सहयोगार्थ एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा

बाढी प्रभावितको सहयोगार्थ एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा


  • 834
    Shares

    बाढी प्रभावितको सहयोगार्थ एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा
    images

    काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि १ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसपश्चात् उत्पन्न विपद्को घडीलाई मध्यनजर गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा प्रदान गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

    विज्ञप्ति जारी गर्दै कम्पनीले बाढी प्रभावित परिवार र नागरिकहरूको पीडा न्यूनिकरण गर्न तथा सरकारको राहत एवं पुन:स्थापना कार्यमा ऐक्यवद्धता जनाउन यो सहयोग गरिएको उल्लेख गरेको छ ।

    विपद्को यस समयमा एक्स्ट्रीम इनर्जी ड्रिंक्सले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

    कम्पनीले आफ्नो ज्यानको जोखिम मोलेर कार्यक्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी निकायहरूको योगदानको उच्च सम्मान व्यक्त गरेको छ ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रीम इनर्जी ड्रिंक्सले राष्ट्रलाई परेको हरेक संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij