Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पुन: पदमुक्त

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पुन: पदमुक्त


  • 8.1K
    Shares

    गण्डकी प्रदेशका सांसद कृष्ण थापा पुन: पदमुक्त
    images

    काठमाडौं । गण्डकी प्रदेशका सांसद कृष्ण थापा पुन: पदमुक्त भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टीको सिफारिशमा पुन: पदमुक्त गरिएको सूचना पढेर सुनाएका हुन् ।

    बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसद थापा तटस्थ बसेका थिए । उनी पार्टी निर्णयविपरित तटस्थ बसेका कारण उनलाई पार्टीले कारबाही गरेको हो ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर थापा भने विपक्षी गठबन्धनको विरुद्ध उभिँदै आएका छन् ।

    पार्टीले थापालाई पदमुक्त गर्न भनी गरेको सिफारिशअनुसार सभामुख नेत्रनाथ अधिकारीले उनलाई पदमुक्त गरिएको पत्र सभाको बैठकमा पढेर सुनाएका हुन् । तर सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले भने त्यसप्रति असहमति जनाएका छन् ।

    उनले सभामुख कुनै पार्टीको गुरिल्ला बनेको आरोप लगाए । उनी पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ । उनको पद गएसँगै सरकार बनाउन ३० जना सभासद हुँदा पुग्नेछ ।

    विपक्षीले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीको संभावना अहिले अझ सहज भएको छ।

    कृष्ण थापा पदमुक्त भएपछि सदनमा बहुमत हासिल गर्नुपर्ने संख्या कम भएको हो । यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

    अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो । त्यसविरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टीका नेता र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुगेका छन् ।

    त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ । यसैबीच सभाको बैठकमा प्रदेश सरकारका मन्त्री उपस्थित नभएकोले सदन स्थगित भएको छ । सदन चल्नका लागि कम्तिमा एक जना मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १३:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij