Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !

दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !


  • 8.1K
    Shares

    दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !
    images

    भारत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा परेका छन् । केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उनको दल आम आद्मी पार्टीले आरोप लगाएको छ ।

    दिल्लीको सिमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    आम आद्मी पार्टीले केजरीवालको घरबाट बाहिर निस्कन र त्यहाँ पस्न कसैलाई नदिएको बताएको छ । भारतीय जनता पार्टीको प्रहरीले केजरीवाललाई नजरबन्दमा राखेको आरोप आम आद्मीको छ ।

    भारतका किसानहरुले यतिबेला प्रधानमन्दी मोदीविरद्ध आन्दोलन चर्काएका छन् । आज मंगलबार किसानहरुले भारत बन्दकै आह्वान गरेका छन् ।

    आम आद्मी पार्टीले केजरीवाललाई नजरबन्दमा राखेको दाबी गरिरहँदा प्रहरीले भने केजरीवाल नजरबन्दमा नरहेको बताएको छ ।

    दिल्ली प्रहरीले केजरीवाललाई नजरबन्दमा नराखिएको र उनी आफ्नो अधिकार प्रयोग गर्न खुला भएको प्रतिक्रिया जनाएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

     

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १३:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij