Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज

जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज


  • 8.0K
    Shares

    जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज
    images

    टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ । 

    सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताउनुभयो । 

    उहाँले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिनुभयो । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गर्नुभयो । आजै मंगलबार मन्त्री परिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ । (रासस/सिन्ह्वा)

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १३:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij