Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित

एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित


  • 6.2K
    Shares

    एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित
    images

    जुम्ला । पछिल्लो समयमा जुम्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलन थालेको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो । 

    जनस्वास्थ्य कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए ।

    संक्रमित पुष्टि भएका सबैजनालाई राँका गाउँकै विद्यालयमा आइसोलेसन बनाएर राख्ने तयारी गरिएको उनले बताए । गाउँमा यतिधेरै संक्रमित भेटिएपछि त्रास फैलिएको छ ।

    यसअघि सोही गाउँपालिका – ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेसन र कोभिड अस्थायी अस्पतालमा राखिएको तातोापनी गाउँपालिका स्वास्थ्य संयोजक  चौलागाई बताउँछन् । 

    उनका अनुसार २४ जना संक्रमित होमआइसोलेसनमा बसेका छन् । अहिले तातोपानी गाउँपालिकामा सक्रिय संक्रमित ७० जना छन् । गाउँमा लापरबाहीले संक्रमण बढेको हो । ग्रामीण क्षेत्रमा कोभिड संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन। घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन ।

    खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन । जताततै भिडभाड र लापारबाही बढिरहेको छ । गाउँमा चरम लापरबाही बढेको स्थानीय बताउँछन् । 

     

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १४:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij