२०८२ भाद्र २२ गते आइतवार
मोरङ । पेस्तोल सहित दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कटुवा पेस्तोल र राइफलको गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका वडा नम्बर ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु रहेका छन् ।
सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको घरमा खानतलासी गर्ने क्रममा भान्सा कोठाबाट कटुवा पेस्तोल राइफलको गोली ५ वटा, गोली लोड गर्ने चाचर २ वटा, पेस्तोलको गोली एउटा फेला पारेको थियो । त्यस्तै उनकै घरमा पार्क गरेको पदम कुमार लिम्बुको को १ च ८३६८ नम्बर को कारमा खुकुरी एक वटा, चक्कु समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईले जानकारी दिए ।
हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij