Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा २० मिनेटमा सात विस्फोट

दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा २० मिनेटमा सात विस्फोट


  • 1.9K
    Shares

    दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा २० मिनेटमा सात विस्फोट
    images

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातिको आकाशमा बाक्लो कालो धुँवा फैलिएको देखिने एनडीटीभले जनाएको छ ।

    इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको मेहर समाचार एजेन्सीले करिब २० मिनेटको अन्तरालमा कम्तीमा सातवटा विस्फोट भएको जनाएको छ । रिपोर्टअनुसार घटनास्थलको भिडियो खिचेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । 

    यसबीच केही इराकी सञ्चारमाध्यमहरूले जारी अमेरिका–इरान द्वन्द्वका क्रममा यमनबाट संयुक्त अरब इमिरेट्सतर्फ क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन् । तर, इमिराती अधिकारी वा स्थानीय सञ्चारमाध्यमले भने विस्फोटको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् । 

    मेहर समाचार एजेन्सीले उद्धृत गरेको नासाको थर्मल इमेजरी विश्लेषणअनुसार जेबेल अली बन्दरगाहनजिक इन्धन भण्डारण तथा स्थानान्तरणका लागि प्रयोग हुने एउटा गोदाममा आगलागी भएको संकेत देखिएको छ ।

    घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विस्फोटपछि आवासीय क्षेत्रनजिकैबाट बाक्लो धुवाँको मुस्लो आकाशतर्फ उठिरहेको देखिन्छ । 

    दुबई सहरको केन्द्रबाट करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको जेबेल अली यूएईको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो । अमेरिका–इरानबीचको बढ्दो तनावका कारण यूएई पछिल्ला दिनहरूमा उच्च सतर्कतामा रहेको छ । 

    अमेरिकी सहयोगी मुलुकका रूपमा यूएईलाई इरान वा उसका क्षेत्रीय साझेदार समूहहरूको सम्भावित प्रतिशोधात्मक कारबाहीको जोखिम रहेको विश्लेषण हुँदै आएको छ । यद्यपि, जेबेल अलीमा भएको विस्फोट र त्यसबीच कुनै सम्बन्ध रहेको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १५:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij