२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकका प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।
बैंकले समीक्षा अवधिमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३३.५० प्रतिशतले बढेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकले १७ अर्ब ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो रकम ४ अर्ब २० करोड रुपैयाँ थियो।
गत असार मसान्तसम्म बैंकको कुल सम्पत्तिको आकार ७ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा कायम भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij