Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भारतमा घट्यो कोरोनाकाे प्रभाव : पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढीमा संक्रमण, २,१२३ को मृत्यु

भारतमा घट्यो कोरोनाकाे प्रभाव : पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढीमा संक्रमण, २,१२३ को मृत्यु


  • 7.4K
    Shares

    भारतमा घट्यो कोरोनाकाे प्रभाव : पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढीमा संक्रमण,  २,१२३ को मृत्यु
    images

    भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोनाका दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो ।

    यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ भने कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा भारतको तमिलनाडु राज्यमा १९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ११ हजारभन्दा बढी छ भने महाराष्ट्रमा पनि १० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । केरलामा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    भारतमा हालसम्म २३ करोड ६१ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १३:१७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij