२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    इलाम । इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।
जेठ २२ गते राति सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।
बिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलामका डीएसपी लालधव्ज सुवेदीले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ।
जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए । च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागी बीएण्डसी अस्पताल झापा रेफर गरेको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij