Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

कोरोना संक्रमणबाट वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन

कोरोना संक्रमणबाट वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन


  • 5.8K
    Shares

    कोरोना संक्रमणबाट वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन
    images

    काठमाडौँ । कोरोना संक्रमणबाट वरिष्ठ चित्र कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको निधन भएको छ । कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गतेदेखि कपनस्थित करूणा अस्पतालमा उपचाररत ५३ वर्षीय सिंको सोमवार निधन भएको हो ।

    इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उनी बाल साहित्यमा सक्रिय थिए । सयौँ किताबको कभर डिजाइन गरेका  उनले पछिल्लो समय काठमाडौँ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोरेका थिए ।

    २०२५ सालमा जन्मिएका एकाराम सिंले सांस्कृतिक लेखन समेत गर्दै आएका थिए । उनले लिच्छविकालीन, मल्लकालीन, राणाकालदेखि शाह राजासम्मको चित्रका साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।

    बालवाङ्मय तथा अनुसन्धान केन्द्रले शोक विज्ञप्ति मार्फत ‘सिंको असामयिक र दुःखद् निधनबाट नेपाली कला, संस्कृति र बालसाहित्य तीनै क्षेत्रमा ठूलो क्षति पुगेको’ जनाएको छ ।

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १३:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij