Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘गौँथली’चलचित्रले १० दिनमा ग्रसकलेक्सन साढे सात करोड

‘गौँथली’चलचित्रले १० दिनमा ग्रसकलेक्सन साढे सात करोड


  • 512
    Shares

    ‘गौँथली’चलचित्रले  १० दिनमा ग्रसकलेक्सन साढे सात करोड
    images

    काठमाडौं । चलचित्र ‘गौँथली’ले १० दिनमा करिब साढे सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गएको शुक्रबार रिलिज भएको ‘गौँथली’ले १० दिनमा सात करोड ४२ लाख ७३ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ ।  

    डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।

    डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

    चलचित्र ‘रोल नं १’ले एक करोड ७८ लाख ग्रसकलेक्सन गरेको छ । मुकुन भुसाल मुख्य भूमिकामा छन् । जोन योञ्जनले निर्देशन गरेको चलचित्रलाई विनोद पौडेलले निर्माण गरेका हुन् ।

    चलचित्र ‘भागदौड’ले एक लाख रुपैयाँ ग्रसकलेक्सन गरेको तथ्यांक छ । हिमाल उप्रेतीको लेखन र निर्देशन रहेको चलचित्रमा विशाल पोखरेल, अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय छ ।
     

    images
    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १२:४६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij