Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ

जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ


  • 918
    Shares

    जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
    images

    काठमाडौं । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्। 

    म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई प्रहरीले शुक्रबार मध्यराति पक्राउ गरेको हो।

    विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणका क्रममा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका पुर्जा फरार भएका थिए। जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। जेलबाट भागेका कारण उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। 

    पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दी ल्याइएको छ भने उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १०:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij