Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्र बैंक संशोधन विधेयकमा १८ सांसदका ७७ संशोधन प्रस्ताव

राष्ट्र बैंक संशोधन विधेयकमा १८ सांसदका ७७ संशोधन प्रस्ताव


  • 1.3K
    Shares

    राष्ट्र बैंक संशोधन विधेयकमा १८ सांसदका ७७ संशोधन प्रस्ताव
    images

    काठमाडौं । प्रतिनिधि सभामा विचाराधीन रहेको ‘नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३’ माथि विभिन्न राजनीतिक दलका १८ सांसदले ७७ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम सभामुख डोलप्रसाद अर्यालले ती प्रस्ताव स्वीकृत गरेका हुन्।

    संशोधन प्रस्तावहरूमा डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टोकरेन्सी नियमन, रेगुलेटरी स्यान्डबक्स, साइबर सुरक्षा तथा डिजिटल ठगी नियन्त्रणलगायत विषयलाई समेटिएको छ। सांसदहरूले राष्ट्र बैंकलाई प्रविधिमैत्री र आधुनिक वित्तीय प्रणालीअनुकूल बनाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

    यस्तै, राष्ट्र बैंकको सञ्चालक समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने, सञ्चालक तथा गभर्नरका लागि योग्यता र अनुभवका मापदण्ड कडा बनाउने, गभर्नर तथा डेपुटी गभर्नरको कार्यकाल चार वर्ष कायम गर्ने तथा मौद्रिक नीति निर्माण र कार्यान्वयनलाई थप पारदर्शी बनाउने प्रस्ताव पनि संशोधनमा समावेश छन्। साथै, मौद्रिक नीतिको कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रत्येक तीन महिनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था गर्न पनि सांसदहरूले माग गरेका छन्।  

    images
    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १५:५९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij