Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य


  • 1.3K
    Shares

    नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य
    images

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार ९साउन १० देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

    बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    पदभार ग्रहणपछि आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” नारासहित बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १३:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij