Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सेयर बजारबारे प्रधानमन्त्री बालेनको चासो, भेटे गभर्नर

सेयर बजारबारे प्रधानमन्त्री बालेनको चासो, भेटे गभर्नर


  • 1.1K
    Shares

    सेयर बजारबारे प्रधानमन्त्री बालेनको चासो, भेटे गभर्नर
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नरबीच भेट भएको छ । शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार भेट भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री र गभर्नरबीच सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

    गभर्नरसँगको भेटमा प्रधानमन्त्री शाहले सेयर बजारबारे चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाहले धितोपत्र बोर्ड, नेप्से लगायतका नियामकीय निकायका पदाधिकारीसँग पनि केही दिनमा भेट्ने तयारी गरेका छन् ।

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १९:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij