Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति


  • 1.7K
    Shares

    १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति
    images

    काठमाडौं । सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ\उत्पादन) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइन र स्वरुपमा यी सिक्काहरू उत्पादन गर्न केन्द्रीय बैंकलाई अनुमति दिने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले यसबारे जानकारी दिएका हुन्। नेपाल राष्ट्र बैंक ऐन अनुसार सिक्काको डिजाइन परिवर्तन गर्न र नयाँ सिक्का बजारमा ल्याउन सरकारको पूर्वस्वीकृति अनिवार्य हुन्छ।

    मन्त्रिपरिषद्को यो निर्णयसँगै राष्ट्र बैंकले अब १ र २ रुपैयाँका पुराना सिक्काको सट्टा नयाँ सुरक्षा विशेषता, धातु र डिजाइन भएका सिक्काहरू छपाइको प्रक्रिया अगाडि बढाउनेछ।  

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १७:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij