Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच सम्झौता

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच सम्झौता


  • 1.1K
    Shares

    हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच सम्झौता
    images

    काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । 

    उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत श्री चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष्य श्री श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे । पर्यावरण तथा हरित बैकिङ्ग प्रवद्र्धनमा केन्द्रित यो संझौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्ष्यित समुदाय अनुरुप क्षमता अभिबृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ । 

    “अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख श्री अर्पण पौडेलले भन्नुभयो । “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।”

    नेपालका अग्रणी वित्तीय संस्थाहरुमध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ । हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । 

    साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक, र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित्त प्रवद्र्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपुर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij