Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल राष्ट्र बैंकले जारी गर्दै २० अर्ब रुपैयाँको ऋण

नेपाल राष्ट्र बैंकले जारी गर्दै २० अर्ब रुपैयाँको ऋण


  • 1.3K
    Shares

    नेपाल राष्ट्र बैंकले जारी गर्दै २० अर्ब रुपैयाँको ऋण
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको हो। 

    यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

    यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २४ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।

     

    images
    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १३:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij